संघीय निजामती विधेयकको प्रस्तावनामै संशोधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ५२ पटक पढिएको
संघीय निजामती विधेयकको प्रस्तावनामै संशोधन

माघ १०, काठमाडौँ । संघीय निजामती विधेयकमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको छ । राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल थाल्दै प्रस्तावनासहित तीन दफामा सहमति जुटेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार विधेयकको प्रस्तावनासहित तीन वटा दफामा सहमति जुटेको हो । विधेयकको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकाले भन्ने कुरा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस