प्रधानमन्त्री ओली आज बुटवल जाने, पाल्पाका ३ र रुपन्देहीको एउटा कार्यक्रममा सहभागी हुने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • ५४ पटक पढिएको
प्रधानमन्त्री ओली आज बुटवल जाने, पाल्पाका ३ र रुपन्देहीको एउटा कार्यक्रममा सहभागी हुने

माघ ११, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । रुपन्देही र पाल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही आउन लागेका हुन् । एमालेका अध्यक्षसमेत रहेका ओली शुक्रवार पाल्पाका ३ वटा कार्यक्रम र रुपन्देहीमा एउटा वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ भने त्यहाबाट हेलिकप्टरमार्फत सवा १२ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने छन् ।

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय भएकोले उनी बुटवलबाट दोभान जाने तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस