राप्रपाले सरकारबिरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • ६४ पटक पढिएको
राप्रपाले सरकारबिरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

माघ ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारबिरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए । कांग्रेस एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस