पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप, ४ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १२, शनिबार (२ महिना अघि)
  • ७० पटक पढिएको
पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप, ४ जना घाइते

माघ १२, काठमाण्डौँ । केवलकार समूह र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा ४ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए । उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेली लगायत सामान बरामद गरेको पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस