विवाह गर्न घरबाट भागेका जोडी टहराभित्र मृत भेटिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १२, शनिबार (२ महिना अघि)
  • २२ पटक पढिएको
विवाह गर्न घरबाट भागेका जोडी टहराभित्र मृत भेटिए

माघ १२, काठमाण्डौँ । रूकुम पश्चिममा प्रेम विवाह गर्न घरबाट भोगेका जोडी घरभित्र मृत भेटिएका छन् । त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

सपना वडा नम्बर–६ की हुन् । सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए । प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।

एक मात्र छोरा लोकेन्द्रको एक जना बहिनी छिन् । काठमाडौँमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट फर्कदै गर्दा यस्तो घटना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस