रवि लामिछानेको छुनछेक बहस आज सकिँदै, आजै आदेश आउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
रवि लामिछानेको छुनछेक बहस आज सकिँदै, आजै आदेश आउने

माघ १३, काठमाण्डौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।

सरकारी वकिलको तर्फवाट बहस सकिएको छ । लामिछानेकोतर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आजपनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू हुनेछ ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो दिन पछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस