‘सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्र चलायमान भएको छ’ : अध्यक्ष चन्द्र ढकाल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ८९ पटक पढिएको
‘सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्र चलायमान भएको छ’ : अध्यक्ष चन्द्र ढकाल

माघ १३, काठमाडौँ । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थतन्त्र चलायमान भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आज आयोजित कार्यक्रममा बोल्दै ढकालले सरकारले हालै ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बनाएको बताए । यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने ढकालले स्पष्ट पारे ।

‘सरकारले कानुन परिवर्तनको लागि जुन आँट गर्‍यो, यो निजी क्षेत्रको लागि र आर्थिक गतिविधि बढाउनको लागि धेरै सहयोग गरेको छ’, उनले भने । अहिले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक क्रमशः सुधार हुँदै गएको उनले बताए । यो आर्थिक क्षेत्र र समग्र देश विकासको लागि खुशीको कुरा भएको ढकालको भनाइ छ । ढकालले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाउनु पर्ने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस