धनगढीमा घरायसी विवाद हुँदा कैँची प्रहार गरी आफ्नै भाइले गरे दाइको हत्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ५० पटक पढिएको
धनगढीमा घरायसी विवाद हुँदा कैँची प्रहार गरी आफ्नै भाइले गरे दाइको हत्या !

माघ १३, धनगढी । धनगढीमा घरायसी विवादका क्रममा भाइले कैँची प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका( १७ दिपनगर टोल बस्ने लालबहादुर बोहराको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए । सो क्रममा उनको घाँटीमा कैँची प्रहार गरिएको थियो । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनका भाइ प्रकाशलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस