हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ७१ पटक पढिएको
हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

माघ १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । सोही दिन पहिलो सम्बोधन प्रधानमन्त्री ओलीले गर्न लागेका हुन् ।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसदमा सरकारले पेश गर्न लागिएको बिधेयक लगायत समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस