माघ १३, काठमाण्डौँ । जनमतपार्टी,पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तरगत आज वीरगन्ज वडा नम्बर १९ बिन्दवासिनीमा सम्पन्न भएको छ । ९ औ शिबिर अनतरगत क्षेत्रीय पार्टी कार्यालयमा उत्साहपुर्ण सहभागीतामा आज १५२ जना महिला रपुरुष चेकजाँच गराई लाभान्वित भएका छन् । सो मध्ये ४३ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए । मोतियाबिन्दु भएकाको शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।
सराफले हाम्रो अभियानबाट अहिले सम्म एक हजार भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने २५० भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको उल्लेख गरे । उनले यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने जनमत पार्टी पर्साका युवा नेता बृजकिशोर साह कलवारले जनाएका छन् ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिस्र, नेताहरुकेन्द्रिय सदस्य एवं पुर्व एस एस पी अनुराग द्विवेदी सहित नेताहरु अन्जना गुप्ता, संजय सिह,सन्तोषी महतो, स्थानीय नेताहरु राजु साह, सरोज यादव,अजय साह कानु ,महन्त रायभर लगायतको सहभागीता रहेको थियो ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।