हिउँदे अधिवेशन नजिकिँदै, सत्तासीन र विपक्षी दलको पूर्वतयारी तिब्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
हिउँदे अधिवेशन नजिकिँदै, सत्तासीन र विपक्षी दलको पूर्वतयारी तिब्र

माघ १४, काठमाडौँ । यही माघ १८ मा हुने संसद्को हिउँदे अधिवेशनको पूर्वतयारी स्वरूप सरकार सम्बद्ध दलहरूले सदनलाई व्यवस्थित मर्यादित र परिणाममुखी बनाउने गरी छलफललाई व्यापकता दिएका छन् । अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभामुख देवराज घिमिरेले सदनलाई प्रभावकारी बनाउने विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका सभामुखको सचिवालयले जानएको छ । सोमबार बिहान ११ बजे प्रमुख ५ दलका मुख्य सचेतकसँग छलफल राखिएको छ भने माघ १५ गते मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छन् ।

यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग समेत सभामुखले अलग–अलग संवाद गरिरहेका छन् । प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा सरकारले पेस गर्न लागिएको विधेयकलगायत समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

त्यस्तै, सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एकढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस