काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६औं गणतन्त्र दिवस भब्य रुपमा मनाईयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ५५ पटक पढिएको
काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६औं गणतन्त्र दिवस भब्य रुपमा मनाईयो

माघ १४, काठमाण्डौँ । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७६औं गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरेका छन् । तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेका सम्बोधन प्रसारण गरिएको थियो । कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति थियो।

राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु ५ करोड रकम वितरण गरी सम्मान गरे । यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई नेरु २३.२९ करोड रकम पनि वितरण गरिएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ इन सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् । राजदूतले नेपालमा बसोबास गरिरहनुभएका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरे ।

दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरुलाई नेरु २३.५ लाख बराबरका पुस्तकहरु प्रदान गर्‍यो । यस पहलको उद्धेश्य नै दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोध उपर प्रतिक्रिया जनाउदै उनीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

मिति २०८१ कार्तिक २६ गतेदेखि मंसीर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरुलाई सर्टिफिकेट्स अफ अचिभमेन्ट प्रदान गरेर सम्मान गरियो । बीकेजे क्विजको उद्धेश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवम् बुझाइलाई थप वृद्धि गर्ने रहेको छ । पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो । विजेताहरूमध्ये नेपालका निखिल कुमार दास पनि थिए जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेका थिए ।

कार्यक्रममा विगतका वर्षहरुमा भारत(नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।
दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस