माघ १५, वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रम आयोजना गरी हालै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रसँग छलफल गरेको छ । संघका प्रतिनिधिहरूले औद्योगिक क्षेत्रको सुरक्षा, बढ्दो आपराधिक गतिविधि, ट्राफिक व्यवस्थापन, तथा अन्य सामाजिक मुद्दाहरूबारे जानकारी गराउँदै समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
छलफलका क्रममा एसपी मिश्रले वीरगंजमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय व्यवसायी तथा नागरिकहरूसँग समन्वय गरेर अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने आश्वासन दिए । मिश्रले प्रहरी प्रशासन व्यवसायिक वातावरणलाई सुरक्षित बनाउन हरसम्भव सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पदाधिकारीहरू, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । छलफलले व्यवसायिक समुदाय र प्रहरी प्रशासनबीच सहकार्यको वातावरण बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।