कुम्भ मेलामा भागदौड : कम्तीमा १५ जनाको मृत्यु, कयौं घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १६, बुधबार (२ महिना अघि)
  • ६३ पटक पढिएको
कुम्भ मेलामा भागदौड : कम्तीमा १५ जनाको मृत्यु, कयौं घाइते

माघ १६, काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । कयौं घाइते भएको बताइएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो। अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो ।

भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस