पूर्व राष्ट्रपति पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन : उपमहासचिव ज्ञवाली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १६, बुधबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
पूर्व राष्ट्रपति पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन : उपमहासचिव ज्ञवाली

माघ १६, काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका छन् । आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरी सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको दावी गरे ।

ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे । त्यस्तै उनले देशभर सहकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस