रास्वपाले संसदीय दलको नेता लामिछाने निलम्बनको विरोध गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १६, बुधबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
रास्वपाले संसदीय दलको नेता लामिछाने निलम्बनको विरोध गर्ने

माघ १६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारदेखि सुरु हुने संसद अधिवेशनमा आफ्ना संसदीय दलका नेता रवि लामिछाने निलम्बन गरेको विरोधमा आवाज उठाउने भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी तथा सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वन भएपछि रास्वपाले संस्थागत रुपमै विरोध गर्ने भएको हो ।

बुधबार संसदीय दलको बैठकपछि पत्रकारसँग प्रमुख सचेतक सन्तोष परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको आरोप लगाए ।
उक्त निर्णयको दल बैठकले सशक्त विरोध गर्ने उनले जानकारी दिए । रास्वपाले अध्यादेश पेश नगर्न विरोधको सूचना पनि संसदमा दर्ता गर्ने भएको छ।
संसद नचलेका बेला सरकारले ६ वटा अध्यादेश ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस