माघ १७, काठमाडौँ । काठमाडौं उपत्यकाका केही स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज शंखमुल फिडर बानेश्वर अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र बिजुली जानेछ ।
भोलि केएससी र ओल्ड एयरपोर्ट फिडर बानेश्वर अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।