‘हालको नयाँ अध्यादेशहरुले उद्योग–व्यवसायीहरु खुसि भएका छन्’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १७, बिहिबार (२ महिना अघि)
  • ५६ पटक पढिएको
‘हालको नयाँ अध्यादेशहरुले उद्योग–व्यवसायीहरु खुसि भएका छन्’ : प्रधानमन्त्री ओली

माघ १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्याृग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताए । नेपाल, भारत, पाकिस्तान लगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस