आजदेखि संसद्को हिउँदे अधिवेशन सुरू हुँदै, कस्तो छ कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ६१ पटक पढिएको
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरू हुँदै, कस्तो छ कार्यसूचीहरु ?

माघ १८, काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने छ । संघीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । बैठकमा दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नने कार्यसूचि रहेको छ । बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ुसुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ुआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ु पेश गर्ने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस