संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

माघ १८, काठमाडौँ । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस