चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु, के–के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ६० पटक पढिएको
चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु, के–के छन् कार्यसूचीहरु ?

माघ १८, मकवानपुर । चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारले पर्याप्त बिजनेसबिनै डाकेको प्रदेशसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा कुनै पनि विधेयक पेस नहुने भएको छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन सुरुवातको शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको छ । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस