एकीकृत समाजवादीको स्थायी कमिटी बैठक यही माघ २८ गते आह्वान

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ५० पटक पढिएको
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक यही माघ २८ गते आह्वान

माघ १९, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै संगठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस