माघ १९, वीरगंज । साउथजोन माध्यामिक विद्यालयले पुरस्कार वितरण समारोहको आयोजना गरेको छ । विद्यालयको १६ ओैं बार्षिकोत्सवको अवसरमा विद्यालयका नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई पुरस्कार विरतण गरेको थियो ।
पुरस्कार वितरण समारोहको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा खेलकुद लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
स्कुलका प्रन्सिपल सरोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंजका गनमान्य व्यक्तत्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण स्कुल सहायक प्रन्सिपल अशोक सग्रौलाले गरेका थिए । राधेमाई स्थित शाह दरबार पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा स्कुल बिधार्थीहरुले मनमोहक गित तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सता व्यापी कार्यक्रम अन्तरगत साउथजोन माविले आईतवार अन्तिम कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।