प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै, हिउँदे अधिवेशन आजै अन्त्य

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दैछन । बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हुदैछ ।

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपाका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस