‘मुलुकको ओरालो यात्रा रोक्दै सरकार अघि बढेको छ’ : अर्थमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • ५० पटक पढिएको
‘मुलुकको ओरालो यात्रा रोक्दै सरकार अघि बढेको छ’ : अर्थमन्त्री पौडेल

माघ २१,काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सरकार आफैं ढल्ने अभिव्यक्ति दिंदै आएका थिए । उनलाई जवाफ दिंदै उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो ।’

उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबीसमेत गरे

ताजा अपडेट

खोजी गर्नुहोस