आज सुनचाँदीको भाउ कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • २५ पटक पढिएको
आज सुनचाँदीको भाउ कति छ ?

माघ २१,काठमाडौँ । आज पनि सुनको मूल्य स्थिर छ। चाँदीको मूल्य भने थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा दुई हजार तीनसय रुपैयाँ बढेर सुनको मूल्य विगत दुई दिनयता स्थिर छ। आज पनि सुन प्रतितोला एक लाख ६२ हजार आठसय रुपैयाँमै कारोबार भइरहेको छ। आइतबार पनि सुनको मूल्य यही थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदीको तोलाको एक हजार आठसय ८५ रुपैयाँ छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस