निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता

माघ २१,काठमाडौँ । निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक ल्याएको मन्त्री भण्डारीले बताएका छन् ।

मन्त्रालयका अनुसार निकासी, पैठारीलाई प्रभावकारी बनाउने, निकासी सम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अन्तर्गत यो विधेयक आएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस