नारायणगढ–बुटवल खण्ड विस्तारको काम तीव्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
नारायणगढ–बुटवल खण्ड विस्तारको काम तीव्र

माघ २१,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ ठाउँमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।

यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीवाससम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको उनले बताए । उनका अनुसार पुल र कल्भर्ट रहेका ठाउँबाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको हो ।

पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग झण्डै तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने झण्डै ६४ किलोमिटर सडक कालोपत्र भएको उनको भनाइ छ ।

अब २२ किलोमिटर सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए । अहिलेसम्म सडकको भौतिक प्रगति आधाभन्दा बढी अर्थात ५३ दशमलव ३ प्रतिशत काम सम्पन्न भएको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए ।

वि।सं।२०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच वि.सं.२०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएकामा आउने वर्षको साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस