आदर्श स्वावलम्बनको पहलमा ४३ विपन्न परिवारलाई ब्लाङ्केट वितरण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • २०५ पटक पढिएको
आदर्श स्वावलम्बनको पहलमा ४३ विपन्न परिवारलाई ब्लाङ्केट वितरण

माघ २१,धनुषा। मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ मा रहेको श्री आदर्श स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा ४३ विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय गरिब तथा विपन्न परिवारलाई न्यानो ब्लाङ्केट प्रदान गरिएको हो।

सहकारी संस्थाका अध्यक्ष श्रीनारायण यादवका अनुसार जाडोमा न्यानो कपडाको अभावले समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, सहयोगका यस्ता कार्यक्रमले विपन्न समुदायलाई राहत पुग्ने विश्वास लिएका छौँ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिनेछौँ।

ब्लाङ्केट पाएपछि लाभान्वित परिवारले राहत महसुस गरेको बताएका छन्। स्थानीय बासिन्दाका अनुसार जाडोमा गरिब तथा निम्न आय भएका परिवारलाई न्यानो कपडाको व्यवस्था गर्न कठिन भइरहेको छ।

कार्यक्रममा आरएसडिसी लघुवित्तका प्रतिनिधि, सहकारी संस्थाका पदाधिकारी तथा स्थानीय अगुवा सहभागी थिए। समुदायले यस्ता सहयोगी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस