अब कृषकलाई बिउ पनि एटीएमबाट !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १०,ललितपुर । ‘हराभरा महानगर, प्राङ्गारिक तरकारी बजार’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले नेपालमा पहिलो सिड एटीएम भित्र्याएको छ ।

महानगरपालिकाले दैनिक आउने एक हजारदेखि एक हजार ५०० नागरिकलाई लक्ष्य गरी उनीहरुलाई गुणस्तरीय र शुलभ मूल्यका साथ विभिन्न बीउबिजन उपलब्ध गराउने उद्देश्यका साथ सो प्रविधि भित्राएको हो ।

हाल संसारभर चलेको शहरीखेती कार्यक्रमअन्तर्गत सञ्चालित उक्त कार्यक्रम नेपालको पहिलो भएको महानगरका कृषि शाखा प्रमुख केशव अधिकारीले जानकारी दिए। “भारतको तामिलनाडुबाट रु पाँच लाख ६० हजारमा महानगरपालिकाले यो प्रविधि भित्राएको हो”, उनले भने, “नेपालमा यो प्रविधिको मूल्य रु आठदेखि साढे आठ लाख पर्न जान्छ ।”

शहरका नागरिकले विशेष गरी कौशी खेती र करेसा खेतीमा जोड दिन्छन् तर ललितपुरका जनताले केही हदसम्म खेतबारीमा विशेष गरी विभिन्न तरकारी उत्पादन गर्ने भएकाले उनीहरुलाई उत्पादन र बजारीकरणमा सहज होस भन्दै उक्त प्रविधि भित्राएको अधिकारले बताए ।

सो प्रविधिमा भण्डारण गरिने बीउबिजन उपलब्ध गराउने सम्झौता महानगरपालिकाले लगनखेलको सङ्कलन एग्रोसँग सार्वजनिक, निजी तथा साझेदारी संस्थासँग एकैसाथ गरेको महानगरका प्राविधिक विजय खड्काले जानकारी दिए ।

“सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले रु २०, रु ५० र रु एक सयको नोट छिराउनुपर्ने हुन्छ”, खड्काले भने, “प्रविधिमार्फत सेवाबाट सङ्कलन भएको रकमको दुई प्रतिशत महानगरपालिकाले आफ्नै राजस्व शाखामा जम्मा गर्ने सहमति भएको छ ।” यसैगरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ देखि यस प्रविधिलाई ध्यानमा राखी महानगरका २९ वटै वडामा सेवा विस्तार गर्ने योजना अघि बढाएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस