बेलायती राजकुमार पनि आइपुगे काठमाडौं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • २४ पटक पढिएको
बेलायती राजकुमार पनि आइपुगे काठमाडौं

माघ २२, काठमाण्डौँ ।  बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन् ।

उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका छन् । त्यस्तै मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन् । उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् ।

उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरू भोलि काठमाडौंस्थित माइती नेपालमा जाने कार्यतालिका छ । त्यस्तै, दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस