माघ २३, काठमाण्डौँ । पाथीभरा केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकार बीच ६ बुँदे सहमति भएको छ ।
दुई पक्ष बीच मंगलबार राति अबेर सहमति भएको हो। सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।
आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गरिने वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक र सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
सहमति अनुसार आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने र मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गरिने भएको छ ।