भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २३, बुधबार (२ महिना अघि)
  • ५४ पटक पढिएको
भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

माघ २३, काठमाण्डौँ । भारतको ७७औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले एक औपचारिक भोजको आयोजना गर्यो । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल केएम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।

नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा अशोक राज सिग्देल सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महारथी अशोक राज सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीेलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७ औं सेना दिवसको शुभकामना व्यक्त गरे । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस