सत्यदिप इन्टरनेसनलको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २४, बिहिबार (२ महिना अघि)
  • ३८ पटक पढिएको
सत्यदिप इन्टरनेसनलको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

माघ २४, काठमाण्डौँ । दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थाल्ने घोषणा समेत गरियो ।

दिब्योल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी गान्धार आयल रिफाइनरी (इन्डिया) लिमिटेड र सत्यदिप ग्रुपले सो घोषणा गरेका हुन् ।
सोमबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।

१०० भन्दा बढी रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे । पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणी मध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाइ थियो ।

‘दिब्योलले हाल भारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । हामीसँग विश्वकै उत्कृष्ट फर्मुलेसन तथा रिसर्च एन्ड डेभ्लपमेन्ट सुबिधा छ । गुणस्तर अब्बल भएकै कारण मर्सिडिज बेन्ज, भल्भो र अतुलजस्ता विश्व प्रख्यात ब्रान्डले दिब्योललाई आफ्नो सवारीसाधनमा प्रयोग गर्न सिफारिस गरेका छन् । हामीसँग लुब्रिकेन्ट्सका साथै अटो केयर प्रोडक्ट समेत उपलब्ध छ,’ परमारले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस