नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी भन्छिन-‘अंग्रेजीको परिक्षा राम्रो भयो’

Post Thumbnail

चैत्र १०,दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ स्थित मावि सेन्टर तुलसीपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी भएकी छिन ।

आजदेखि शुरु भएको परीक्षामा ३८ वर्षीया चौधरीले अङ्ग्रेजी विषयको परीक्षा दिईन । आज पहिलो परीक्षा राम्रो भएको राससलाई प्रतिक्रिया दिए । “पहिलो दिन ढुक्क भएर परीक्षा दिए”, उनले भनिन्, “राम्रो भएको छ ।”

विसं २०७३ मा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएपछि उनको औपचारिक पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा नियमित विद्यालय गएर पढेपनि कक्षा १० मा भने नियमित जान नपाए पनि स्वअध्ययन गरेर परीक्षा दिएको उनले बताईन । उनकी छोरी विनुले काठमाडौँस्थित बसुन्धराबाट परीक्षा दिईरहेकी छिन ।

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा भर्ना भएकी चौधरीको मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भएपछि विभिन्न समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि आफूले पढ्न शुरु गरेको उनले प्रतिक्रिया दिईन ।

केही वर्ष स्वअध्ययन गरेपछि चौधरीले औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने इच्छा भएको बताईन । सचेतक भएपछि धेरै कार्यक्रममा सहभागी हुनुपर्ने भए पनि कक्षा १० को लागि पनि घरमा बसेर अध्ययन गरेको उनी बताउछिन ।

ताजा अपडेट

खोजी गर्नुहोस