मौसम पूर्वानुमान : देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तीन प्रदेशमा आंशिक बदली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
मौसम पूर्वानुमान : देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तीन प्रदेशमा आंशिक बदली

माघ २५, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस