माघ २५, काठमाडौँ । तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको छैटौं दिन शुक्रबार सुनको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुँदा हिजो तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो। यसरी हेर्दा चाँदीमा आज पाँच रुपैयाँ बढेको छ ।
मंगलबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ । सोमबार तोलाको एक लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आजको मितिसम्म आइपुग्दा ५३ सय रुपैयाँले बढेको छ ।