प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

माघ २५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दा समेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस