हमासले आज तीन जना रिहा गर्दै, बिपिनको नाम अझै आएन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ४४ पटक पढिएको
हमासले आज तीन जना रिहा गर्दै, बिपिनको नाम अझै आएन !

माघ २६, काठमाण्डौँ । हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको नाम सार्वजनिक गरेको छ । एल साराबी, ओहाद बेन अमाइ र ओर लेभी रिहा हुन लागेका हुन्। १९ जनवरीमा युद्ध विराम भए यता १८ जना बन्दी यसअघि नै रिहा भइसकेका छन् ।

यसको बदलामा ३८३ प्यालेस्टाइनी कैदी पनि इजरायली जेलबाट छुटेका छन् । शनिबार थप १८३ जना प्यालेस्टाइनीलाई जेलबाट इजरायलले छाड्ने छ ।
पहिलो चरणमा ३३ बन्दी तथा १९ सय कैदी छाड्ने सहमति भएको छ । छाड्ने भनिएका ३३ मध्य ८ जना मरीसकेको इजरायलले जनाएको छ ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्दी बनाइएका थिए । यसको प्रतिकारमा इजरायलले गरेको हवाई आक्रमणमा ४७ हजार भन्दा बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस