आज बार काउन्सिल निर्वाचन, सोह्र हजार वकिलले मतदान गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ५२ पटक पढिएको
आज बार काउन्सिल निर्वाचन, सोह्र हजार वकिलले मतदान गर्ने

माघ २६, काठमाडौँ । देशैभरीका वकिलको नियमनकारी निकाय नेपाल बार काउन्सिलका पदाधिकारीको निर्वाचन आज शनिबार हुने भएको छ । महान्यायाधीवक्ता अध्यक्ष रहने नेपाल बार काउन्सिलमा सबै प्रदेशबाट एकएकजना पार्षदको निर्वाचन हुने गरेको छ ।

पार्षदको चुनावलाई कानुन व्यववसायीको महत्वपूर्ण उपलब्धीको रुपमा लिने गरिएको छ । खासगरी कानुन व्यववसायलाई पेशागत प्रमाणपत्र दिनेदेखि अनुशासनको उल्लंघनमा कारबाही गर्ने जिम्मेवारी बार काउन्सिलको रहेकोले यसका पदाधिकारीको निर्वाचन महत्वका साथ हेरिएको छ ।

दशैभरीका चौविस हजार वलिकमध्ये सोह्र हजारको हाराहारीमा मतदाता रहेको अनुमान गरिएको छ । राजधानी काठमाण्डौं समेतमा अभ्यासरत प्रदेश ३ मा मात्रै ८,२०० मतदाता कानुन व्यवसायी रहेको बताइएको छ । प्रदेश ३ मा प्रगतिशिल खेमाबाट बरिष्ठ अधिवक्ता रविनारायण खनाल छन् भने प्रजातान्त्रिक खेमाबाट बरिष्ठ अधिक्ता परशुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस