माघ २६, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन आजदेखि हुँदैछ ।
पोखरामा आज र भोलि हुने अधिवेशनको तयारी पूरा भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गर्नेछन् ।
अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुषालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित प१४३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । गण्डकीका ११ जिल्लाबाट ४५० जना प्रतिनिधिहरुको सहभागी हुनेछन् ।
५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन भएका हुन् । प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ ।
प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ प्रतिनिधि छनोट हुँदा १ महिला अनिवार्य र ५ प्रतिनिधि चयन हुँदा १ जना उत्पीडित समूदायबाट अनिवार्य गरिएको छ । प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य चयन गरेर प्रतिनिधि बनाइएको छ ।