नेदरल्याण्डमाथि जर्मनीको रोमाञ्चक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ११, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ११, काठमाडौँ । निको सुल्जले अन्तिम मिनेटमा गोल गर्दै युरो कप फुटबल छनोटको खेलमा जर्मनीलाई जित दिलाएका छन् । आईतबार राति भएको खेलमा सोही गोलको मदतले जर्मनीले नेदरल्याण्डमाथि ३–२ को रोमाञ्चक जित दर्ता गराएको छ ।

खेलको १५ औ मिनेटमा लिरो सानेको गोलबाट जर्मनीले अग्रता लिएको थियो । ३४ औ मिनेटमा सर्ज ग्रन्ब्रीले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको डच टोलीले लगातार दुई गोल गर्दै खेलमा फर्कियो ।

४८ औ मिनेटमा म्याथिज्स डि लिग्टले गोल गर्दै जर्मनीसंगको गोल अन्तरले घटाउने प्रयास गरे । लगत्तै ६३ औ मिनेटमा मेम्फिस डेपेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर अन्तिम मिनेट समालिन नसक्दा डच टोलीले खेल गुमाउन पुग्यो । युरो छनोटको समुह सीमा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा जित निकाल्न सफल भयो ।

गत नेभोम्बरमा अन्तिम ५ मिनेटमा दुई गोल गर्दै नेदरल्याण्ड नेसन्स लिगको फाईनलमा प्रवेश गरेको थियो भने जर्मनी रेलिगेशनमा परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस