विधानसभा चुनावमा पार्टीको पराजयपछि आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
विधानसभा चुनावमा पार्टीको पराजयपछि आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

माघ २७, काठमाण्डौँ । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
आम आदमी पार्टी आपकी नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाइन् ।

४३ वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिइन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी शीर्ष पदमा पुगेकी थिइन् । उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

दिल्ली विधानसभा चुनावमा आप आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ। आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ । आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी भाजपाले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राखिन् र भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गरिन् ।
आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गरिन् र भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता जनाइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस