टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच हानाहान, ४ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ५६ पटक पढिएको
टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच हानाहान, ४ जना घाइते

माघ २७, काठमाडौँ । काठमाडौंको टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप भएको छ । आइतबार महानगर प्रहरी कवाडी गोदाम हटाउन पुगेको थियो। प्रहरीलाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

झडपको क्रममा ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन् । महानगर प्रहरी मध्ये एक जनाको टाउको र अर्कोको हातमा चोट लागेको बताइएको छ । व्यवसायीले बोत्तल प्रहार गर्न थालेपछि सुरक्षा गर्ने क्रममा झडपको स्थिति सिर्जना भएको महानगर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस