माघ २८, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा उच्च बृद्धि भएको छ । आइतबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ६८ हजार २ सय रुपैयाँ थियो । सुनको मूल्य बढिरहँदा सोमबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आइतबार २५ रुपैयाँले घटेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ । आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २८७८ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १६ डलरले बढी हो ।