कांग्रेसले गभर्नरमा भाग खोजे के हुन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • २६० पटक पढिएको
कांग्रेसले गभर्नरमा भाग खोजे के हुन्छ ?

माघ २८,काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारी फागुन दोस्रो सातादेखि बिदामा बस्ने दिन नजिकिदै जाँदा गभर्नर राजनिती चर्किने देखिएको छ । २०७६ चैत्र २४ गतेका दिन पद बहाली गरेका अधिकारीको चैत्र महिनामा कार्यकाल सकिन लागेको हो । नयाँ गभर्नरको लागि दलहरु आन्तरिक तयारीमा लागेका छन् भने गभर्नरका आकांक्षीहरुको दौडधुप देखिएको छ । देशको महत्वपुर्ण राजकिय पद भएकोले पनि गभर्नरको लागि शक्ति संघर्ष नै हुन गर्छ ।

गभर्नरको रेसमा हालका डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल काम गरिरहेका र रिटायर्ड कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु लागि परेका छन् ।

गभर्नर अधिकारीको कार्यकाल सकिन लागेसँगै आगामी गभर्नरका रूपमा को आउलान् भन्ने आम नागरिकको प्रश्न बनेको छ । तीन करोड बढी नागरिकको साझा बैंक केन्द्रीय बैंकमा कसको नेतृत्व रहला भनेर चासो जाग्नु स्वाभाविक विषय पनि हो । यो आफैमा कार्यकारी पद भएको कारणपनि गभर्नर बन्नका लागि विभिन्न उच्च पदस्थ व्यक्तिहरू कसरतमा रहेको देखिएको छ ।

एकेडेमिक नियुक्ती भएपनि राजनितीक शक्तिको फुर्केडोरी समाउन प्रत्यासीहरु बाध्य हुन्छन् । राजनितीक दलहरु पनि गभर्नर नियुक्तीलाई आफ्नो संचित शक्ति, राष्ट्र बैँकमा देखाउन चाहन्छन् । राष्ट्र बैँकले नै समग्र अर्थतन्त्रलाई डोहोर्याउने भएकोले त्यसको नेतृत्व आफु अनुकुल व्यक्तिले गरे सत्तामा होस् वा प्रतिपक्षी, दुवै अवस्थामा सहज हुने दलहरुको स्वार्थ गभर्नर नियुक्तीमा पनि देखिन्छ । यही बेला दुई प्रमुख राजनितीक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस आफु अनुकुलको गभर्नर नियुक्ती गर्न सक्रिय छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा महाप्रसाद अधिकारीलाई गभर्नर नियुक्ती गर्दा उनले प्रतिपक्षमा रहदापनि लाभ लिएको, गभर्नरले ओलीको कुरा सुनेको र विपक्षीलाई असहयोग गरेको आरोप लागेको थियो । यसो त उनि नेकपा एमालेको केन्द्रिय विभागमै रहेको तथ्य सार्वजनिक भएको थियो । सोही कारण पनि कांग्रेस अधिकारी प्रवृतिलाई आफ्नो कब्जामा ल्याउन चाहन्छ र गभर्नर आफ्नो कोटाबाट नियुक्त होस् भन्ने चाहन्छ ।

नेपाली कांग्रेसले गभर्नर मागेको खण्डमा सत्ता समिकरणमै खलल आउन सक्ने विश्लेषकहरु बताउछन् । एमाले जसरी पनि आफु अनुकुलको गभर्नर नियुक्त गर्न खोजे कांग्रेसले सत्ता समिकरणलाई सोच्न पर्ने अवस्था आउन सक्ने चेतावनी दिन सक्ने र एमालेको लागि अप्रिय निर्णय लिन सक्ने देखिन्छ । नेकपा माओवादी केन्द्र कांग्रेसलाई जुनसुकै बेला पनि बोक्न तयार भइरहेको बेला कांग्रेस आफुबाट टाढा
नहोस् भन्ने एमाले चाहन्छ । जसको फाइदा कांग्रेसलाई हुने देखिन्छ । यदी यस्तो भयो भने अबको गभर्नर कांग्रेस निकट तर उदार आउन सक्ने विश्लेषकहरु बताउछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस