एभरेष्ट बैंकद्धारा बझाङ्गको धलौनमा आफ्नो नयाँ शाखा संचालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ६० पटक पढिएको
एभरेष्ट बैंकद्धारा बझाङ्गको धलौनमा आफ्नो नयाँ शाखा संचालन

माघ २८, काठमाण्डौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष श्री मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक श्री केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख श्री उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

मिति २०८१ साल माघ २८ गतेका दिन औपचारीक रmपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस