कतारमा गैरकानुनी कामदारलाई आममाफी, नेपालीलाई पनि राहात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २९, मंगलबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
कतारमा गैरकानुनी कामदारलाई आममाफी, नेपालीलाई पनि राहात

माघ २९, काठमाडौँ । कतारले गैरकानुनी रूपमा बस्दै आएका तथा कागजातविहीन आप्रवासी कामदारलाई आममाफी दिएको छ । कतारको आन्तरिक मन्त्रालयले आप्रवासीहरूको प्रवेश, निकास र निवासलाई नियमन गर्ने २०२५ को कानुन नम्बर २१ को उल्लंघन गर्नेहरूलाई तीन महिनाभित्र बिनाजरिमाना स्वदेश फर्कन पाउनेगरी आममाफी दिएको जनाएको छ ।

मन्त्रालयको सूचनाअनुसार रेसिडेन्सीसम्बन्धी कानुनका प्रावधानहरू उल्लंघन गर्ने वा प्रवेश भिसाअन्तर्गत स्वीकृत अवधिभन्दा बढी बस्नेहरूका लागि यो नियम ९ फेब्रुअरीबाटै लागू गरिएको जनाइएको छ । आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले स्वदेश फिर्ता हुनका लागि तोकिएको अवधिभित्र आफ्नो प्रस्थान प्रक्रिया पूरा गर्नुपर्नेछ ।

यसरी आममाफी पाएकाहरूले कुनै पनि दण्ड जरिमानाको सामना नगरी देश छोड्न पाउनेछन् । आममाफीले कानुनको पालना गर्दै देश छोड्ने मानिसहरूलाई सहज र प्रभावकारी तरिका प्रदान गर्ने लक्ष्य राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस