बजारमा खाने तेल र घिउको मूल्य अचाक्ली बढ्यो, सरकार मुकदर्शक !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २९, मंगलबार (२ महिना अघि)
  • ५६ पटक पढिएको
बजारमा खाने तेल र घिउको मूल्य अचाक्ली बढ्यो, सरकार मुकदर्शक !

माघ २९, काठमाडौँ । बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ ।
यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ । दसैँ तिहारजस्ता ठुला चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य दुई महिनायता अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । घिउको मूल्य अहिले २०० रुपैयाँले बढेको छ । अहिले घिउ प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।
खुद्रा तथा किराना पसलमा सूर्यमुखी र भटमासको तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँदेखि २७० रुपैयाँसम्म पर्न थालेको छ । जबकि, पुसको पहिलो साता दुई महिनाअघि उक्त तेलको प्रतिलिटर २१० रुपैयाँदेखि २२० रुपैयाँमा पाइन्थ्यो । यसैगरी तोरीको तेलको मूल्य पनि अहिले अत्यधिक बढेको छ । बजारमा तोरीको तेलको मूल्य ३२५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

खुद्रा व्यापार संघका अनुसार संघमातहत पसलमा अहिले भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर ३२५ रुपैयाँ रहेको छ । यसैगरी भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ डाल्डा २४० र घिउ १४०० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस