माघ २९, काठमाडौँ । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ ।
इजरायलले युद्धविराम सम्झौता उल्लघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो ।
हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु इजरायलले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ ।’
यस उल्लंघनमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि एक रहेको हमासले उल्लेख गरेको छ। यसैगरी हमासले इजरायलले गाजापट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ । इजरायलले भने यस विषयमा अहिलेसम्म केही भनेको छैन ।